एमालेका तीनवटै प्रतिवेदन पारित, सुब्बाको संयोजकत्वमा निर्वाचन आयोग गठन

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन १७

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा प्रस्तुत तीनवटै प्रतिवेदन सर्वसम्मले पास भएका छन् ।

शुक्रवारदेखि शुरू भएको महाधिवेशनको अन्तिम दिन आइतवार सबै प्रतिवेदनहरु पास भएका छन् ।।

शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए।

आइतबार प्रतिवेदन प्रस्तुतकर्ता तीनै जनाले जवाफ दिएका हुन्। प्रतिवेदनमाथि छलफलका लागि १० वटा समूह गठन गरिएका थिए। उनीहरुले उठाएका प्रश्नहरुमाथि ओली, पोरखेल र पौडेलले सम्बोधन गरेका थिए। जवाफपछि ती प्रतिवेदनहरु सर्वसम्मत ढंगबाट पारित भएको हो।

यस्तै एमालेले आगामी राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न डा. विजय सुब्बाको संयोजकत्वमा १५ सदस्यीय निर्वाचन आयोग गठन गरेको छ । विधान महाधिवेशनमा आयोगका संयोजकसहित सदस्यहरुको नाम प्रस्ताव गरेका थिए ।

ओलीले आयोगको सदस्यमा महेश नेपाल, सानुराज पोखरेल, बाबुराम दाहाल, डा।कुन्सान लामा, रिता सिंखडा, रञ्जु ठाकुर, भरत पोखरेल रहेका छन् । त्यसैगरी अन्य सदस्यहरूमा टंक उप्रेती, सुमित्रा वीसी, पवित्रा निरौला, केवालाल चौधरी, विमला विक, लोकबहादुर थापा, र हिमकला गैरे रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *