आइतबार सुनको भाउ समान्य घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २१

काठमाण्डौँ । आइतबार सुनको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिनको तुलनामा यो मूल्य २ सयले कम हो । शुक्रबार २ लाख ५२ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

सुनको मूल्य घटे पनि चाँदीको बढेको छ । अघिल्लो दिनको तुलनामा तोलामा ५० रुपैयाँले चाँदी बढेको हो । अघिल्लो दिन प्रतितोला ३ हजार ५ सय ५५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ३ हजार ६ सय ५ रुपैयाँमा कारोबार भएको छ ।

यसअघि बुधबार हालसम्मकै उच्च ३ हजार ६ सय ५५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *