|
२०८२ मंसिर २०
काठमाडौं, मंसिर २०, २०८२ – कमल भूसाल, जसलाई निकोलसको नामले पनि चिनिन्छ, रूपन्देही क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
शनिबार बुटवलमा पत्रकार सम्मेलन गर्दै भूसालले आगामी फागुन २१ गते हुने चुनावमा आफ्नो उम्मेदवारी दर्ता गर्ने बताए।
भूसालले २०७९ मा पनि सोही क्षेत्रबाट उम्मेदवारी दर्ता गरेका थिए। तर, उसबेला चिकित्सा शास्त्रमा छात्रवृत्तिमा अध्ययन गर्दा सरकारी कोषबाट रकम प्राप्त गरेको विषयमा उजुरी परेको कारणले उनी उम्मेदवारीबाट बाहिरिएका थिए।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले निर्वाचन मिति घोषणा गरेपछि, रूपन्देही–२ मा उम्मेदवारी घोषणा गर्ने पहिलो व्यक्ति भूसाल बनेका छन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्