|
२०८२ कार्तिक १६
काठमाण्डौँ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल, रुपन्देहीले समाजमा हिंसा भड्काउने अभिव्यक्ति दिँदै हिँडेको भन्दै डा. कमल भूसाल (निकोलस) लाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ ।
भूसालले एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत विभिन्न नेताहरूको घर जलाउने र घेरा हाल्ने जस्ता हिंसात्मक अभिव्यक्ति दिँदै आएको भन्दै युवा संघले कारबाहीको माग गरेको हो ।
आइतबार बसेको संघको बैठकले भुसाललाई तत्काल पक्राउ गरी आत्मालोचनासहित कडा कारबाही नगरेसम्म रुपन्देही प्रवेशमा रोक लगाउने निर्णय गरेको अध्यक्ष कृष्ण कुमालले जानकारी दिएका छन् ।
रुपन्देहीको सैनामैना घरमा भएका भूसाललाई प्रहरीले कारबाही नगरे युवा संघले गर्ने कुमालले चेतावनी दिएका छन् ।
प्रहरीले उनका गतिविधिलाई निगरानीमा राखेको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्