मेष
आत्मबल उकासिदैँ जान्छ। नयाँ योजनाको आधार तयार हुने संकेत छ। तपाइँको लगनशीलता देखेर प्रतिद्वन्द्वीहरू आफैँ पछि हट्नेछन्। मानसिक बोझ हल्का हुने सम्भावना छ।
शुभ रंग : रातो | शुभ अंक : १
मिथुन
साथी–भाइको साथले सामाजिक काम अघि बढाउन सजिलो हुनेछ। व्यापार विस्तारको योजना बन्नेछ। प्रशासनिक काममा समर्थन मिळ्ने दिन।
शुभ रंग : हरियो | शुभ अंक : २
सिंह
कुरा कामले प्रशंसा पाइनेछ र नयाँ जिम्मेवारी पाउन सकिनेछ। परिवार–आफन्तबीच खुसीले भरिएको समय बित्नेछ। अनावश्यक खर्चमा नियन्त्रण आवश्यक।
शुभ रंग : निलो | शुभ अंक : ७
तुला
नोकरी वा व्यक्तिगत पेशामा नयाँ योजनामा काम गर्ने अवसर मिल्नेछ। भाग्यले साथ दिने दिन। विद्यार्थीहरूका लागि उच्च शिक्षामा राम्रो मौका खुल्नेछ।
शुभ रंग : केशरी | शुभ अंक : ४
धनु
कामकाजमा दक्षता बढेर महत्वपूर्ण सफल्ता हात लाग्नेछ। जीवनसाथीको साथ र सहयोग लाभदायी। यात्रा शुभ रहनेछ।
शुभ रंग : बैजनी | शुभ अंक : ६
कुम्भ
सन्तानको प्रगति देखेर मन हल्का हुनेछ। विद्यार्थीहरूका बौद्धिक क्षमतामा वृद्धि देखिनेछ। भौतिक सुविधाहरू जुटाउन सकिने दिन।
शुभ रंग : केशरी | शुभ अंक : ४
वृष
सम्बन्धमा केही असमझदारी आउन सक्छ, सतर्क बन्नु उत्तम। मादक पदार्थबाट टाढै रहनुहोस्। सृजनात्मक कामतिर मन जानेछ। खर्च भए पनि लामो समयसम्म फाइदा हुने काम बन्नेछ।
शुभ रंग : सेतो | शुभ अंक : ७
कर्कट
पुराना कामको चर्चा भए पनि नयाँ अवसर प्राप्त गर्न श्रम बढाउनुपर्छ। सरल स्वभावको फाइदा अरूले लिन खोज्न सक्छन्, ध्यान दिनुहोस्। स्वास्थ्यमा सावधानी अनिवार्य।
शुभ रंग : पहेँलो | शुभ अंक : ३
कन्या
आर्थिक क्षेत्र सबल रहनेछ। परिवार र आत्मीयजनको सहयोगले चुनौतीपूर्ण काम पनि सफलतापूर्वक पुरा हुनेछन्। मनोबल उल्लेखनीय रूपमा बढ्नेछ।
शुभ रंग : पहेँलो | शुभ अंक : ६
वृश्चिक
नयाँ योजना सुरु गर्न चाहनुहुन्छ भने अझै थोरै समय पर्खनु बुद्धिमानी हुन्छ। सकारात्मक सोचले सफलता नजिक ल्याउनेछ। वित्तीय/सहकारी संस्थाबाट लाभको संकेत।
शुभ रंग : कलेजी | शुभ अंक : ४
मकर
सकारात्मक विचार र कर्मले राम्रो नतिजा दिनेछ। प्रतियोगितामा सफलता सम्भावित। कार्यक्षेत्रमा स्थिरता पाउन व्यवहारिक निर्णय आवश्यक।
शुभ रंग : निलो | शुभ अंक : ८
मीन
ज्ञान तथा सीप विकास गर्ने राम्रो समय। परिस्थिति अनुकूल भए पनि सावधानी आवश्यक। महत्वपूर्ण योजनालाई गोप्य राख्नु राम्रो हुन्छ।
शुभ रंग : निलो | शुभ अंक : ९

दाक्सु मिडिया



तपाईको प्रतिक्रिया दिनुहोस्