स्याङ्जामा भारतीय कार दुर्घटना, ३ घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १८

सिदार्थ राजमार्गअन्तर्गत स्याङ्जाको गल्याङ नगरपालिका–३ स्थित बरनडाँडा खोलामा भारतीय कार दुर्घटना परी तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

बुटवलबाट पोखरा जाँदै गरेको एमएचओ ४ एमएनओ ०७९३ नम्बरको कार बिहीबार बिहान करिब ५ बजे दुर्घटनाग्रस्त भएको गल्याङ प्रहरी चौकीले जानकारी दिएको छ। खोलामा पानी लिन गएका स्थानीयले दुर्घटना देखेपछि प्रहरीलाई खबर गरेका थिए।

गल्याङ चौकीका प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा घाइतेहरूको उद्धार गरी थप उपचारका लागि गल्याङ नगर अस्पताल पुर्‍याइएको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *