काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय र विज्ञ समूहको संरचना ठूलो मात्रामा संक्षिप्त गर्ने निर्णय गरेकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका प्रवक्ता हेमराज अर्यालद्वारा सार्वजनिक गरिएको विज्ञप्तिअनुसार अब प्रधानमन्त्रीको सचिवालयमा जम्मा ६ जना मात्र रहनेछन्।
नयाँ संरचनाअनुसार सचिवालयमा मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) तथा जनस्वास्थ्य विज्ञ (अवैतनिक) गरी कुल ६ पद मात्र कायम रहने व्यवस्था गरिएको छ।
यसअघि प्रधानमन्त्री कार्कीले कार्यविधिअनुसार अनुमत ६६ दरबन्दीमध्ये अति आवश्यक ठानेर २० जनाको मात्रै सचिवालय बनाएकी थिइन्। तर अब त्यो संख्या थप घटेर ६ जनामा सीमित भएको छ।
यस निर्णयसँगै अन्य सबै नियुक्ति मंसिर ११ गतेदेखि खारेज गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्