|
२०८२ मंसिर ९
काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको नेतृत्व अब प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्की सम्हाल्ने भएका छन्।
पूर्वी एआईजी दानबहादुर कार्की २४ कात्तिकमा प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त भएपछि उपत्यका प्रहरी कार्यालय एआईजीविहीन भएको थियो। यस रिक्त कमाण्डलाई मन्त्रिपरिषद्ले ईश्वर कार्कीलाई जिम्मेवारी सुम्पेको छ।
ईश्वर कार्की यसअघि कोसी प्रदेश प्रहरी कार्यालयका इञ्चार्ज थिए र त्यही बेला उनी एआईजीमा बढुवा भएका थिए। सम्भवतः उनी बुधबार दर्ज्यानी चिह्न लगाएर औपचारिक रूपमा कमाण्ड सम्हाल्ने तयारीमा छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्