काठमाडौं उपत्यकाको प्रहरी कमाण्ड एआईजी दानबहादुर कार्कीलाई

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २४

२४ भदौ, काठमाडौं — काठमाडौं उपत्यकाको प्रहरी प्रमुखको जिम्मेवारी अब अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले पाएका छन्। यसअघि यो जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओम रानाका काँधमा थियो।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार, सोमबार राजधानीमा जेनजीले गरेको प्रदर्शनमा सुरक्षाको अवस्था कमजोर देखिएको भन्दै तत्कालीन निमित्त प्रमुख रानालाई हटाइएको हो। प्रदर्शनका क्रममा सुरक्षामा कमजोरी देखिँदा १९ जनाको ज्यान गएको थियो।

एआईजी टेक तामाङको पदावकाशपछि उपत्यकामा पूर्ण प्रहरी प्रमुखको अभाव थियो। सोमबारको घटनापछि स्थिति गम्भीर बनेको र त्यसको प्रतिक्रिया स्वरूप एआईजी कार्कीलाई कमाण्ड दिइएको बताइएको छ।

अब उपत्यकाको सुरक्षा व्यवस्था थप कडा र संगठित हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *