|
२०८२ आश्विन २०
काठमाडौँ । नेपाल प्रहरीका दुई अतिरिक्त महानिरीक्षक (एआईजी)को विभाग हेरफेर गरिएको छ।
एआईजी राजन अधिकारीलाई मानवश्रोत विकास विभागमा सरुवा गरिएको छ भने एआईजी सिद्धी विक्रम शाहलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाइएको छ।
गृह मन्त्रालयको सिफारिसमा केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले सरुवा निर्णय गरेको हो।
यसअघि मानवश्रोत विकास विभागमा कार्यरत एआईजी दान बहादुर कार्कीलाई उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको थियो।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्