आज राम–जानकी विवाह पञ्चमी मनाइँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ९

काठमाण्डौँ । त्रेता युगमा भगवान श्रीराम र माता सीताको विवाहको स्मरणमा मनाइने राम–जानकी विवाह पञ्चमी जनकपुरधाममा भव्य रूपमा मनाइँदैछ ।

एक साता अघिदेखि नै विवाह पञ्चमीको तयारी सुरु हुन्छ । मन्दिर प्राङ्गण, सडक र रंगभूमि मैदान विभिन्न सांस्कृतिक झाँकी, फूल, दीप, झिलिमिली सजावट र धार्मिक सामग्रीले सजाइन्छ ।

आज हुने विवाहका लागि जानकी मन्दिरको विशाल प्राङ्गणमा आकर्षक विवाह मण्डप तयार पारिएको छ । प्रत्येक वर्षझैँ यसपटक पनि हजारौँ भक्तजन र देश–विदेशका दर्शनार्थी विवाह पञ्चमीमा सहभागी हुने अनुमान गरिएको छ ।

जनकपुरधामस्थित जानकी मन्दिरलाई मिथिला दरबार र राम मन्दिरलाई अयोध्या दरबारको रूपमा चित्रण गरिन्छ । दुवै मन्दिर विवाह पञ्चमीको दिन विशेष रूपले सजाइन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *