आगामी निर्वाचनका लागि दल दर्ताको संख्या ६४ पुग्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ९

काठमाण्डौँ । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन हालसम्म ६४ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दर्ता प्रक्रिया सम्पन्न गरेका छन्। आयोगका अनुसार सोमबार मात्रै आठ नयाँ दल थपिएपछि दर्ता संख्या ५६ बाट बढेर ६४ पुगेको हो।

प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन इच्छुक दलहरूले मङ्सिर १० गतेभित्र दर्ता गराइसक्नुपर्ने आयोगले तोकेको छ। यसअघि क्रमशः मंसिर १ गते १२, मंसिर २ मा पाँच, मंसिर ३ मा आठ, मंसिर ४ मा आठ, मंसिर ५ मा सात र मंसिर ७ मा १६ दल दर्ता भएका थिए।

सोमबार दर्ता हुनेमध्ये नागरिक शक्ति नेपाल, नागरिक उन्मुक्ति पार्टी, मितेरी पार्टी नेपाल, प्रगतिशील समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), तराई–मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय समुन्नति पार्टी र जनादेश पार्टी रहेका छन्।

हाल आयोगमा सूचीकृत १३५ दलमध्ये आगामी निर्वाचन प्रयोजनका लागि पुनःआवेदन बुझाउन बुधबारसम्म समय तोकिएको आयोगले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *