|
२०८२ मंसिर ७
तनहुँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा ८,३६६ नयाँ मतदाता थपिएका छन्।
असोज ९ देखि मङ्सिर ५ गतेसम्म चलेको दर्ता अभियानमा ३,२०० जनाले कार्यालयमा पुगेर र ५,१६६ जनाले राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन दर्ता गरेका हुन्।
जिल्लामा हाल दुई लाख ४७ हजार ४ मतदाता रहेका छन्। साथै ऋषिङ गाउँपालिकाका दुई विद्यालयमा थप दुई मतदान केन्द्र सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्