पटक–पटक स्थगित हुँदै आएको कांग्रेस केन्द्रीय समिति बैठक आज बस्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ६

नवलपरासी । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (शनिबार) दिउँसो १ बजे सानेपामा बस्ने भएको छ।

महाधिवेशन कहिले गर्ने भन्ने विषयमा सहमति नजुट्दा १० दिनदेखि बैठक निरन्तर स्थगित हुँदै आएको थियो।


नेताहरूले धारणा राखिसक्दा पनि निष्कर्ष ननिस्केपछि बैठक बारम्बार रोकिएको हो।

विशेष महाधिवेशन र नियमित महाधिवेशनबारे पार्टीभित्र मतभेद तीव्र भइरहेका छन्।

सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमतिको प्रयास गरे पनि अझै निकास ननिस्किएको बताइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *