मेक्सिकोकी फातिमा बोश मिस युनिभर्स

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ५

काठमाण्डौँ । मेक्सिकोकी २५ वर्षीया फातिमा बोश फर्नाडेंज मिस युनिभर्स घोषित भएकी छिन् । गत वर्षकी मिस युनिर्भस डेनमार्ककी विक्टोरिया कजेरले बोशको शिरमा ताज पहिराइदिएकी छन् । प्रतिस्पर्धामा चलखेल भएको भन्दै दुई जजले राजीनामा दिएको एक हप्तापछि यो निर्णय आएको हो ।

फातिमा बोश त्यही प्रतियोगी हुन् जसले स्याश सेरोमनीका क्रममा मिस युनिभर्स थाइल्यान्डका निर्देशक नवात इटसाराग्रिसिलले ‘डम्बहेड’ भनेपछि सार्वजनिक रूपमा आपत्ति जनाएकी थिइन् । विवादपछि सबै प्रतियोगीहरूले उनको समर्थनमा सेरोमनी नै छोडेर बाहिर निस्किए । उनै बोशले मिस युनिभर्स २०२५ को ताज जित्नुलाई प्रतिकात्मक विजयका रूपमा हेरिएको छ ।

प्रतियोगितामा थाइल्यान्डकी प्रवनीर सिंह पहिलो फर्ष्ट रनर अप रहिन् । भेनेजुएलाकी स्टेफनी अब्साली तेस्रो स्थानमा रहँदा फिलिपिन्सकी अतिसा मनालो चौथो र कोट डी’आइवरकी ओलिभिया यासे पाँचौँ स्थानमामा रहिन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *