सिमरा घटनाप्रति डा. शेखर कोइरालाको चिन्ता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ४

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले बाराको सिमरामा भएको पछिल्लो घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सबै पक्षलाई धैर्य र संयमता अपनाउन आग्रह गरेका छन्।

कोइरालाले आसन्न आमनिर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गर्नु सबै राजनीतिक दल र नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै संविधान तथा निर्वाचन प्रक्रियामा असर पर्ने कुनै पनि गतिविधिबाट टाढा रहन चेतावनी दिएका छन्।

उनका अनुसार सिमरामा बुधबार जेनजेड समूहले एमाले नेता महेश बस्नेतविरुद्ध गरेको प्रदर्शनका कारण वातावरण तनावपूर्ण बनेको थियो, जसले निर्वाचनप्रति प्रतिकूल प्रभाव पर्न सक्ने सम्भावना देखा पर्न सक्छ।

‘संयमित बनौँ, निर्वाचनको वातावरण नबिगारौँ’, कोइरालाले भनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *