एमालेले महाधिवेशनको तयारीबारे छलफल गर्न बोलायो सचिवालय बैठक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ३

काठमाण्डौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बिहीबार दिउँसो १ बजे बस्नेगरी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । त्यसबाहेक सचिवालय बैठकमा मङ्सिर ६ गते काठमाडौँमा गर्ने प्रदर्शनका बारेमा समेत छलफल हुने बुझिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *