बुधबार सुन तोलामा २ हजार ८ सय रुपैयाँ बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ३

काठमाण्डौँ । बुधबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन २ लाख ३९ हजार ५ सयमा सुनको कारोबार भएको थियो ।

सुनको भाउ पछिल्ला केही दिनमा उच्च उतारचढाव भइरहेको छ । अस्तिको तुलनामा हिजो सुनको भाउ एकैदिन तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको थियो ।

असोज ३१ गते सुनको भाउ अहिलेसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

बुधबार चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १ सय ५० रुपैयाँ पुगेको छ । असोज ३१ गते चाँदीको भाउले ३ हजार ३ सय ५० रुपैयाँको रेकर्ड बनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *