काठमाडौं । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) बाट प्राप्त ओटीटी प्रसारण अधिकारका आधारमा डिश मिडिया नेटवर्कले नेपाली प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका खेल प्रत्यक्ष प्रसारण गरिरहेको छ । डिसहोम गो एपमार्फत सबै ३२ खेल एक्सक्लुसिभ लाइभ स्ट्रिमिङ भइरहेको हो ।
प्रतियोगिता कीर्तिपुरको ट्यु क्रिकेट मैदानमा आज अर्थात मंसिर १ गतेबाट सुरु भएर मंसिर २७ गते सम्म सञ्चालन हुनेछ।
यसपटक एनपीएलको प्रत्यक्ष प्रसारण केवल डिश होम एप र आधिकारिक वेबसाइटबाट मात्र उपलब्ध हुनेछ भने युटुवमा स्ट्रिमिङ नहुने कम्पनीले स्पष्ट पारेको छ।
सबै खेल बिना विज्ञापन क्लिनफिड प्रसारण हुने भएकाले दर्शकले उच्च गुणस्तरको स्ट्रिमिङ अनुभव प्राप्त गर्नेछन् ।
सब्स्क्रिप्सन भुक्तानीका लागि इ सेवा, खल्ती, भिसा र मास्टरकार्ड जस्ता लोकप्रिय माध्यम उपलब्ध गराइएको छ।
यसमार्फत नेपाल तथा विदेशमा रहेका दर्शकले सजिलै अनलाइन भुक्तानी गरी सम्पूर्ण खेल हेर्न सक्नेछन् । यस्तै नेपालभित्र रहेका दर्शकले ३०० सय रुपैँया,
मध्यपूर्वमा रहेकाले ५ सय र अन्य देशमा रहेकाले १० डलर तिर्नु पर्नेछ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्