श्रम संस्कृति पार्टी देशभर विस्तार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १

विराटनगर ।  धरानका मेयर हर्क साम्पाङले श्रम संस्कृति पार्टी गठन गरेपछि संगठन विस्तारमा तीव्र रुपमा सक्रिय भएका छन्। जनजाति बहुल कोशी प्रदेशका विभिन्न क्षेत्रमा भएका उनका भेलामा स्वस्फूर्त सहभागीको भीड देखिएको छ।

साम्पाङले श्रम संस्कृतिलाई मुख्य एजेन्डा बनाउँदै सुनसरी–१ बाट प्रतिनिधिसभा चुनाव लड्ने तयारी गरेका छन्। यसअघि स्थानीय तहमा २० हजारभन्दा बढी मतसहित विजयी भएका उनी अब राष्ट्रिय राजनीतिमा होमिन लागेका हुन्।

श्रम संस्कृति पार्टीले सुनसरी, पाँचथर, ताप्लेजुङ, सोलुखुम्बुसहित ३०–३५ जिल्लामा तदर्थ समिति गठन गरिसकेको जनाइएको छ। साम्पाङको लोकप्रियता धरानभन्दा बाहिर बढ्दै गएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

एमालेको गढ मानिने सुनसरी–१ मा साम्पाङको प्रतिस्पर्धा कडा हुने अनुमान गरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार अबको केही महिनामा साम्पाङ जनमत बनाउनेतिर कसरी लाग्छन्, त्यसैमा चुनावी परिणाम निर्भर रहनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *