आजका लागि राष्ट्र बैंकले सार्वजनिक गर्यो विदेशी मुद्राको विनिमयदर

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले १ मङ्सिरका लागि तोकेको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलरको खरिददर १४१.७० रुपैयाँ र बिक्रीदर १४२.३० रुपैयाँ निर्धारण गरिएको छ।
युरो १६४.६७ (खरिद) र १६५.३७ (बिक्री), पाउण्ड स्टर्लिङ १८६.६५ (खरिद) र १८७.४४ (बिक्री), र स्वीस फ्रयाङ्क १७८.४७ (खरिद) र १७९.२३ (बिक्री) कायम गरिएको छ।

अष्ट्रेलियन डलर ९२.६३/९३.०२, क्यानेडियन डलर १०१.०४/१०१.४७, सिङ्गापुर डलर १०९.१४/१०९.६० निर्धारण गरिएको छ।
जापानी येन (१०) ९.१७/९.२१, चिनियाँ युआन १९.९६/२०.०४, साउदी रियाल ३७.७८/३७.९४, कतारी रियाल ३८.८८/३९.०४ रहेका छन्।

त्यसैगरी थाइ भाट ४.३७/४.३९, युएई दिराम ३८.५८/३८.७५, मलेसियन रिङ्गेट ३४.२९/३४.४३, कोरियन वन (१००) ९.७८/९.८२, स्वीडिस क्रोनर १५/१५.०६ र डेनिस क्रोनर २२.०५/२२.१५ रहेको छ।

हङकङ डलर १८.२३/१८.३१, कुवेती दिनार ४६१.७४/४६३.७०, बहराइन दिनार ३७५.८४/३७७.४३, ओमानी रियाल ३६८.०५/३६९.६१ निर्धारण गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० र बिक्रीदर १६०.१५ रुपैयाँ तोकिएको छ।

राष्ट्र बैंकले आवश्यक परे विनिमयदर कुनै पनि समयमा संशोधन गर्न सकिने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *