काठमाण्डौँ । भारतको बिहार राज्यका मुख्यमन्त्री नीतीश कुमारले राजीनामा दिने भएका छन् ।
विधान सभा निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै उनले साविकको विधान सभा विघटनका लागि सिफारिस गर्ने र नयाँ विधानसभाको कार्यकाल आरम्भका लागि बाटो खोल्न लागेको बताइएको छ ।
भारतीय निर्वाचन आयोगले आज बिहारका राज्यपाल समक्ष १८ औँ विधानसभाको निर्वाचन परिणामबारे औपचारिक जानकारी दिने भएको छ ।
सोमबार मुख्यमन्त्री नीतीश कुमारले आफ्नो नेतृत्वको मौजुदा मन्त्रिपरिषदको बैठक राखेर १७ औँ विधानसभा विघटनको सिफारिस गर्ने भएका छन् । त्यस लगत्तै उनले राज्यपाल समक्ष मुख्यमन्त्री पदबाट राजीनामा बुझाउने छन् । उनको राजीनामापछि नै नयाँ सरकार गठनको बाटो खुल्नेछ ।
नीतीश कुमारको राजीनामापछि सत्ता गठबन्धन ‘एनडीए’का सबै घटकका सांसद सम्मिलित बैठक आयोजना हुनेछ । उक्त बैठकले एनडीएको नेता चुन्ने छ, जो बिहारको नयाँ मुख्यमन्त्री बन्नेछन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्