निर्वाचनको विकल्प छैन : जसपा अध्यक्ष उपेन्द्र यादव

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २९

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा निर्वाचनको कुनै विकल्प नभएको बताएका छन्। भैरहवामा आयोजित लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशनमा बोल्दै उनले सुरक्षाको चुनौती समाप्त गरी सरकारले तत्काल निर्वाचनको वातावरण बनाउनुपर्ने जनाएको बताए।

यादवले जनसंख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, खर्चिलो चुनाव प्रणाली सुधार आवश्यक रहेको र प्रदेश सरकारलाई थप अधिकारसम्पन्न बनाइनुपर्ने धारणा राखे।

पार्टीका महासचिव रामकुमार शर्माले पनि उत्पीडित समुदायका अधिकार सुरक्षित गर्दै संविधान संशोधनमार्फत देशलाई अग्रगमनतर्फ अघि बढाउनुपर्ने भनाइ राखे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *