कांग्रेस र कम्युनिस्टको शासनले भ्रष्टाचारलाई बढावा दियो : उपेन्द्र यादव

DaksuMedia दाक्सु मिडिया
|
२०८१ भाद्र १७

काठमाडौँ : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा बेरोजगारी बढ्नुमा नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरूको हात रहेको आरोप लगाएका छन्। वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गरिबी र बेरोजगारीको दर बढ्नुको जिम्मेवारी कांग्रेस र कम्युनिस्टले लिनुपर्ने बताए।

पढेलेखेका युवालाई देशमा कुनै रोजगारीको लागि स्थान नहुने अवस्था सरकारको नेतृत्वमा बस्ने दलहरूकै कारण भएको उनको जिकिर थियो। ‘यो स्थिति बनाउने को हो? को जिम्मेवार छ? देशमा शासन, सत्ताको नेतृत्व गर्नेहरू नै हुन्। सरकार चलाउने, देशको अर्थतन्त्र चलाउनेहरू नै हुन्। नेपाली कांग्रेस र कम्युनिस्टहरू नै यसका जिम्मेवार हुन्। मधेस आन्दोलनको परिणामले नै नेपाल संघीय गणतन्त्र भएको हो,’ अध्यक्ष यादवले भने।

साथै, उनले युवाहरू मलेसिया, कतार, अरब जस्ता मुलुकमा रोजगारीको लागि गइरहेको तर देशमा अझै रोजगारी वृद्धिमा चासो नदिइएको गुनासो गरे।

‘गरिबी र बेरोजगारी यति बढेको छ की आज आफ्नो मुलुकमा पढेलेखेका युवाहरूलाई रोजगारीको लागि कुनै स्थान छैन। साराका सारा युवाहरू मलेसिया, कतार, अरब जस्ता मुलुकमा प्रत्येक दिन १० हजार युवाहरू बाहिर गइरहेका छन्, कामको खोजिमा,’ यादवले भने, ‘८ देखि १० वटा शव बाहिरबाट आइरहेका छन्। केही समय पहिला मात्रै दुई तीन हजार मानिस मात्रै बाहिर थिए भने आज ७५ लाख मानिस कामको खोजिमा बाहिरिएका छन्। गाउँमा युवाहरू भेटिँदैनन्। यस्तो नाजुक स्थिति छ,’ यादवले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *