काठमाडौं आइपुग्यो बेलायतद्वारा सहयोग गरिएका स्वास्थ्य सामग्री

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ १४

१४ जेठ, काठमाडौं । बेलायत सरकारद्वारा नेपाललाई सहयोग गरिएका स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ ।

शुक्रबार बिहान चार्टर्ड उडानबाट २६० भेन्टिलेटर, १९ हजार २ सय थान फेससिल्ड लगायतका स्वास्थ्य सामग्री काठमाडौं ल्याइएको हो ।

परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिए अनुसार ती सामग्रीहरु आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि बेलायती राजदूतत निकोला पोलिटले स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेकी छिन् ।

सोही उडानबाट च्यारिटी संस्था नेपाल मेड युकेले प्रदान गरेको अक्सिजन कन्सन्ट्रेटर पनि ल्याइएको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *