फरार दुई कैदी पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २७

काठमाडौं – जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका दुई कैदीलाई प्रहरीले पक्राउ गरेको छ।


जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले केन्द्रीय कारागार सुन्धाराबाट भागेका सुजन रसाइली र भीमफेदी कारागारबाट फरार विष्णुलाल थिङलाई पक्राउ गरी सार्वजनिक गरेको हो।


रसाइली डाँका चोरी र थिङ लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका थिए। रसाइली सिन्धुपाल्चोक बाह्रबिसे र थिङ मकवानपुर बकैया गाउँपालिकाका बासिन्दा हुन्।


प्रहरीले रसाइलीलाई आरुबारी र थिङलाई ग्रिनहिलसिटीबाट नियन्त्रणमा लिएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *