कैलालीमा १२ दिनमै फरार कैदीबन्दीसहित ५९ जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २४

काठमाण्डौँ । कैलालीमा प्रहरीले १२ दिनमै ५९ जना फरार कैदीबन्दी प्रक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले लागुऔषध दुर्व्यसनी, फरार प्रतिवादी र जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दी नियन्त्रणमा लिएको हो ।

११ देखि २२ कात्तिकसम्ममा प्रहरीले ५९ जनालाई पक्राउ गरेर कानुनी कारबाही अघि बढाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार १२ दिनमा लागुऔषध दुर्व्यसनीमा संलग्न २५ जनालाई पक्राउ गरिएको छ ।

उनीहरुबाट ३१ ग्राम १३० मिलीग्राम खैरो हेरोइन बरामद गरिएकोमा लागुऔषध सम्बन्धी १५ मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको छ । यो अवधिमा विभिन्न मुद्दाका २१ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *