‘हाँस्छ अमेरिका’ टूरमा ६ जना कमेडियनले प्रस्तुति दिने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २३

काठमाण्डौँ । चर्चित नेपाली कमेडियनले अमेरिकामा आयोजना हुने स्ट्यान्डअप कमेडी टूरमा हाँस्य प्रस्तुति दिने भएका छन् ।

फेम नेपाल र सनराइज इन्टरटेनमेन्टले संयुक्तरुपमा ‘हाँस्छ अमेरिकाः भोल्युम १’ नामक स्ट्यान्डअप कमेडी टूरको आयोजना गरेका छन् ।

अहिलेका चर्चित कमेडियन भरतमणी पौड्याल, सुमन कोइराला, कैलाश कार्की, सुमन कार्की, मेक्सम गौडेल र सजन श्रेष्ठले प्रस्तुति दिने तय भएको हो ।

‘कलाकारको भिसासहितका प्रक्रिया सकिएसँगै टूर आयोजना हुने निश्चित भएको छ’ आयोजक फेम नेपालका प्रमुख बिमलकुमार पछाईले बताएका छन् ।

डिसेम्बरदेखि जनवरीसम्म १५ भन्दा धेरै अमेरिकी सहरमा टूर हुन लागेको जानकारी समेत उनले दिएका छन् । यद्यपी, आयोजना थलो र मिति तय हुन बाँकी छ ।

उनले आफ्नो सहरमा टूर आयोजना गर्न चाहने स्थानीय आयोजक, समुदायका प्रतिनिधि र इभेन्ट प्रमोटरलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।

कमेडियन भरतमणीका अनुसार उनको टोली नोभेम्बर अन्त्यतिर अमेरिका उड्नेछ । टूरमा कलाकारले अहिले प्रसारण भैरहेको ‘कमेडी नाइट विथ च्याम्पियन्स’ मा निर्वाह गरेका कतिपय चरित्र प्रस्तुत गर्नेछन् ।

फेम नेपालले टेक्सासमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *