थुलुङ दुधकोशीको सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गते देखि सञ्चालन हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २३

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाको सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गते देखि सञ्चालन हुने भएको छ । गाउँपालिका–मुक्लिमा अध्यक्ष रनिङ शिल्ड प्रतियोगितासँगै बृहत साँस्कृतिक कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी भएको हो ।

प्रतियोगिता अन्तर्गतको विशेष साँस्कृतिक साँझमा ख्यातिप्राप्त गायक प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड, ‘इन्द्रेणी’ कार्यक्रमका लोकप्रिय सञ्चालक तथा लोकगायक कृष्ण कँडेल र विश्व किर्तिमानी गायिका बबिना किराँतीको दमदार प्रस्तुति रहने छ । गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार महिला तथा पुरुष भलिबल प्रतियोगिता सहित सांगीतिक साझ, वृहत् कृषि मेला प्रदर्शनी, टेबल टेनिस र व्याडमिन्टन प्रतियोगिता सञ्चालन हुनेछ । जसको लागि गाउँपालिका उपाध्यक्ष सविता राईको संयोजकत्वमा एक तयारी समिति गठन गरिएको छ । उक्त समितिले विभिन्न उपसमिति समेत गठन गरेको छ ।

यस वर्षको सांगीतिक साझमा इन्द्रेणीका कृष्ण कडेलको टीम र लोकप्रिय गायक प्रमोद खरेल आउने भएका छन । स्थानीयको माग बमोजिम लोक दोहोरी गायक कृष्ण कडेल र प्रमोद खरेलको टोली थुलुङ दुधकोशी आउने भएका हुन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *