आइतबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २३

काठमाण्डौँ । स्थानीय बजारमा आइतबार सुनको मूल्य केही बढेको छ । सुन प्रतितोला २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार सुन प्रतितोला दुई लाख ३८ हजार ४०० रुपैयाँ कारोबार भएको थियो ।

त्यसतै आज चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *