|
२०८२ कार्तिक १७
काठमाडौं । राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गर्ने जनाएको छ। विभागका अनुसार आज साँझदेखि सार्वजनिक बिदा बाहेक प्रत्येक दिन राहदानी उपलब्ध गराइनेछ।
विद्युतीय राहदानीका लागि नयाँ आपूर्तिकर्तासँग साउन महिनामै सम्झौता भइसकेको र उक्त सम्झौताअनुसार फागुन ११ गतेदेखि नयाँ प्रणालीमार्फत सेवा सुरु हुने तयारी भइरहेको विभागले जनाएको छ।
हाल आपूर्तिकर्ता परिवर्तनको संक्रमणकाल र राहदानी पुस्तिकाको सीमितता तथा बढ्दो मागका कारण केही समस्या आएको विभागले स्पष्ट पारेको छ।
विभागले राहदानी अभाव नहोस् भनेर पहल भइरहेको बताउँदै, अर्को सूचना नआएसम्म अत्यावश्यक काम परेकाले मात्र राहदानीका लागि आवेदन दिन आग्रह गरेको छ। साथै अनधिकृत व्यक्तिबाट हुने ठगीबाट सचेत रहन सबैलाई ध्यानाकर्षण गराएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्