डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल यथावत

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १५

काठमाडौं — नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको छ भने पेट्रोलको मूल्य यथावत राखेको छ। निगम सञ्चालक समितिको शुक्रबारको बैठकले यो निर्णय गरेको हो।

गएराति १ बजेदेखि लागू भएको नयाँ मूल्यअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँले र अन्तरराष्ट्रिय उडानका लागि काठमाडौँमा प्रतिकिलोलिटर सात अमेरिकी डलरले बढाइएको छ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट आएको नयाँ खरिद मूल्यअनुसार डिजेल सस्तो र पेट्रोल तथा हवाई इन्धन केही महँगो भएकाले सोही अनुपातमा मूल्य समायोजन गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *