कालीगण्डकीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता, एकको उद्धार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १२

कात्तिक — पाल्पा र स्याङ्जाको सिमानामा पर्ने राम्दीस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा एक जना किशोर बेपत्ता भएका छन् भने अर्को जनाको सकुशल उद्धार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कमल प्रधानका अनुसार कैलालीको लम्कीचुहा नगरपालिका–१ का १५ वर्षीय बखन शाही पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएका हुन्। शाहीसँगै पौडी खेल्न गएका १६ वर्षीय विराज न्यौपानेलाई भने स्थानीयवासी र प्रहरीको सहयोगमा सकुशल उद्धार गरिएको छ।

हाल बेपत्ता शाहीको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *