एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउण्टर तानसेनमा सञ्चालन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ३

पाल्पा । एभरेष्ट बैंक लिमिटेडले पाल्पाको तानसेन नगरपालिका–७ स्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडको परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ।

बैंकले भदौ १ गतेदेखि उक्त काउण्टरमार्फत बैंकिङ सेवा सुरु गरेको हो। नयाँ काउण्टर सञ्चालनमा आएसँगै एभरेष्ट बैंकका एक्सटेन्सन काउण्टरको संख्या पाँच पुगेको छ।

लुम्बिनी मेडिकल कलेज परिसरमा काउण्टर स्थापना भएपछि तानसेन तथा आसपासका सेवाग्राहीलाई दैनिक बैंकिङ कारोबारका लागि सहज हुने बैंकले जनाएको छ। बैंकका अनुसार काउण्टरबाट ग्राहकले सरल, छरितो र आधुनिक बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन्।

नयाँ काउण्टरले स्थानीयस्तरमा बैंकिङ पहुँच विस्तार गर्दै सेवाग्राहीलाई थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *