काठमाडौंमा हतियारसहित दुई युवक पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १२

काठमाण्डौँ । काठमाडौं महानगरपालिका–१८ ढल्कुबाट दुई जना युवक हतियारसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका–६ का २३ वर्षीय समिर श्रेष्ठ र काभ्रे पनौती नगरपालिका–१० का २३ वर्षीय एलेक्स नेपाली रहेका छन्।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार राति ८ बजे पक्राउ गरेको हो।

उनीहरूको साथबाट एक थान पेस्तोल, एक थान म्याग्जिन र १२ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।

एसपी काजीकुमार आचार्यका अनुसार उनीहरूविरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा जिल्ला प्रहरी परिसर काठमाडौंमा अनुसन्धान सुरु गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *