दुर्गा प्रसाईंको दिल्ली भ्रमण रद्द, डिपोर्ट गरिदिने चेतावनी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १०

काठमाण्डौँ । जेनजी आन्दोलनपछि काठमाडौंबाट दिल्ली जान लागेका व्यवसायी तथा अभियन्ता दूर्गा प्रसाईंलाई भारतीयले डिपोर्ट गरिदिने चेतावनी दिएपछि अन्तिम समयमा यात्रा रोक्नुपरेको पाइएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाउ महाभियानका संयोजक रहेका प्रसाईं गत सेप्टेम्बर १७ तारिख अर्थात् असोज १ गते बुधबार अपरान्ह साढे २ बजेको एयर इन्डियाको उडानबाट दिल्ली जाने तयारीमा थिए ।

तर, भारतीय पक्षले त्यसैको बिहान उनलाई जसरी पनि रोक्नुपर्ने भन्दै ‘अनुरोध’ पठाएको थियो । उनको उडान टिकटको प्रतिलिपिसमेत पठाउँदै भारतीय पक्षले उनलाई संवेदनशील अवस्थामा दिल्ली जान नेपालले रोक्नुपर्ने बताएको थियो ।

भारतीय अनुरोध परराष्ट्र हुँदै गृह मन्त्रालय पुग्यो । तर, गृहका अधिकारीले उनलाई नेपालले विदेश जान प्रतिबन्ध लगाउने कुनै मनासिव कानुनी आधार नभएको हुँदै बिना आधार रोक्न अप्ठेरो हुने राय दिएका थिए ।

नेपाली अधिकारीहरूले प्रसाईंको यात्रा रोक्ने अवस्था नभएको जनाउ दिएपछि भारतीय पक्षले नै उनी डिपोर्ट हुनसक्ने जोखिमबारे प्रसाईं नजिकका मानिसलाई जानकारी दिएको थियो ।

त्यसपछि प्रसाईं स्वयंले अन्तिम समयमा यात्रा रद्द गरेका थिए ।

यद्यपि अनौपचारिक कुराकानीका क्रममा प्रसाईंले आफू काठमाडौं विमानस्थल हुँदै भारत जाने तयारीमा रहेको भन्ने सूचनाको खण्डन गरेका छन् । उनले आफू भारत जाँदा काठमाडौं नभई अन्य रुटहरू प्रयोग गर्न थालेको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *