चार महिनादेखि आमाबुवा नै अस्पतालमा भर्ना, उपचारका लागि सहयोग गर्न परिवारको अपिल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १०

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका ७ निवासी मिलन थुलुङका बुबा सुनाधन राई र आमा फुलकुमारी राई विगत ४ महिनादेखि अस्पतालमा भर्ना भएका छन् ।

बुबा सुनाधन राई विगत १० दिनदेखि शिक्षण अस्पताल, महाराजगन्जको न्युरो विभागको बेड नम्बर ३१६ मा उपचाररत रहेका छन् भने आमा फुलकुमारी राई हेल्पिङ हेण्ड्स अस्पताल, चाबहिलको बेड नं ५०७ मा करिब चार महिनादेखि उपचार भइरहेको छोरा मिलन थुलुङले बताएका छन् ।

लगातारको उपचार खर्चका कारण परिवार गम्भीर आर्थिक संकटमा परेकोले छोरा मिलन थुलुङ र उनको परिवारले सहयोगी संस्थाहरूसँग आर्थिक सहयोगका लागि अपिल गरेका छन् ।

सहयोग गर्न इच्छुक व्यक्तिहरूले बैंक खातामा सहयोग पठाउन सक्ने परिवारजनले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *