काठमाण्डौँको गौरीघाटमा छठ पर्वको तयारी शुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ८

काठमाण्डौँ । काठमाण्डौंको गौरीघाटमा मैथिली समुदायले मनाउनले छठ पर्वको तयारी शुरु भएको छ । छठ पर्वका लागि गौरीघाट नदी किनारामा सरसफाई तथा सजावटको कार्य शुरु भएको हो ।

बागमती नदीमा रहेका पोलहरुमा प्रकाशको लागि लाइट जडान, सजावट लगायतका कार्य थालिएको हो। विशेष गरी तराई क्षेत्रमा मनाइने छठ पर्व पछिल्लो समय देशका धेरै क्षेत्रमा मनाउने गरिएको छ ।

सूर्यदेवको उपासना गरी यो पर्व मनाइने गरिन्छ । काठमाण्डौं उपत्यकाका विभिन्न स्थानमा पनि छठपर्वको तयारी भइरहेको छ । मैथिल समुदायले पारिवारिक सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक छठ पर्व मनाउने गरेका छन् । यस वर्ष कात्तिक १० गते छठ पर्व मनाइँदै छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *