आज जितिया पर्वको मुख्य दिन, धुमधामका साथ मनाइँदै

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन १३

काठमाडौं । तराई क्षेत्रका महिलाहरूले आज जितिया पर्व मनाउँदैछन् । थारु तथा मिथिलाञ्चलका महिलाहरूले तीन दिनसम्म मनाइने जितियाको आज मुख्य दिन हो ।

यो पर्व मनाउने महिलाहरूले हिजो बिहानदेखि पानी पनि नखाई बसेको व्रत आज बिहान व्रत तोडेका छन् । असोज कृष्णपक्षका सप्तमी, अष्टमी र नवमी गरी तीन दिन मनाइने यस पर्वको सप्तमीको दिनलाई लाहा खाएके, अष्टमीको दिनलाई उपास र नवमीको दिनलाई पारन भनिन्छ ।

पहिलो दिन पूजाआजा तथा विभिन्न परिकार खाएर मनाउने चलन छ । व्रतको पहिलो दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ ।

जसलाई मिथिलाञ्चलमा माछ मरुवा भनिन्छ। दोस्रो दिन महिलाहरू निराहार व्रत बस्ने र तेस्रो दिन व्रत तोडने गर्छन् । आज बिहान सूर्यलाई पूजा गरेर व्रत समाप्त भएपछि महिलाहरू एकै ठाउँमा जम्मा भएर कथा सुन्ने सुनाउने प्रचलन छ ।

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक रहेको छ । जितिया पर्वको अवसरमा आज प्रदेश २ सरकारले सार्वजानिक बिदा दिएको छ ।

यसै अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले शुभकामना दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *