म्यानमारमा सेनाले गर्‍यो सत्ता कब्जा, एक वर्षका लागि संकटकाल घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०७७ माघ १९

रंगुन – म्यानमारमा सेनाले राज्यसत्ता आफ्नो हातमा लिएको छ। एक वर्षका लागि संकटकाल घोषणा गर्दै त्यहाँको सेनाले सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसीकी नेतृ आङ सान सुची र राष्ट्रपति विन मिन्टसहित प्रदेशका प्रमुखहरूलाई नियन्त्रणमा लिएको हो।

म्यानमारको सरकारी टेलिभिजनका अनुसार निर्वाचन परिणाम अस्वीकार गर्दै सेनाले सत्ता आफ्नो हातमा लिएको हो। सन् २०११ मा प्रजातान्त्रिक सुधार अघिसम्म बर्मा भनेर चिनिने म्यानमारमा सेनाले शासन गरिरहेको थियो।

गत नोभेम्बरमा भएको चुनावमा सुचीको पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले सरकार गठन गर्ने बहमुत प्राप्त गरेको थियो। तर सेनाले चुनावमा धाँधली भएको आरोप लगाइरहेको थियो।

यही विषयमा त्यहाँ सेना र सरकारबीच तनाव बढेको थियो। म्यानमारमा निर्वाचित संसदको अधिवेशन सोमबार (आज) देखि सुरु गर्ने तयारी थियो। तर सेनाले अधिवेशन रोक्न भनिरहेको थियो। यसै क्रममा सेनाले सोमबार बिहानै सत्ता कब्जा गरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *