सिटिजन्स बैंकका ग्राहकलाई केएमसी अस्पतालमा १५% सम्म छुट

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ३१

काठमाण्डौ — सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) बीच विशेष छुट सम्झौता भएको छ। अबदेखि सिटिजन्स बैंकका कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरूले केएमसी अस्पतालमा उपचार सेवामा १५ प्रतिशतसम्मको छुट पाउनेछन्।

बैंकले ग्राहकलाई डिजिटल कारोबारतर्फ आकर्षित गर्न तथा नगद कारोबारलाई घटाउन यस्तो सहकार्य अघि बढाएको जनाएको छ। बैंकका अनुसार, यो पहलले ग्राहकलाई प्रत्यक्ष लाभ पुर्‍याउनुका साथै डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्नेछ।

सिटिजन्स बैंकले पछिल्ला दिनमा विभिन्न डिजिटल सेवा र सुविधाहरू सार्वजनिक गर्दै आएको छ। केही समयअघि मात्र बैंकले फोनपे सँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो। यसबाहेक, फ्रिलान्सरहरूका लागि विशेष ‘फ्रिलान्सर सेविङ्ग्स अकाउन्ट’, मोबाइल एपमार्फत शेयर आवेदन तथा सीआरएन सेवा, र क्रस बैंक टेलर सुविधा पनि सुरु गरिएको छ।

देशभर ६१ जिल्लामा फैलिएको बैंकका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर तथा ७४ शाखारहित बैंकिङ इकाइमार्फत करिब १९ लाख ४४ हजार ग्राहकलाई सेवा दिइरहेको बैंकले जानकारी दिएको छ।

सम्बन्धित छुट तथा सेवा सुविधाबारे थप जानकारीका लागि बैंकको वेबसाइटमा अवलोकन गर्न सकिने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *