|
२०८२ आश्विन ३१
काठमाडौं – सरकारले दुई जिल्लाका प्रहरी प्रमुखको हेरफेर गरेको छ। हालैको निर्णयअनुसार जिल्ला प्रहरी कार्यालय धनुषामा प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) रुगम कुँवरलाई खटाइएको छ भने रौतहटको जिम्मेवारी एसपी रविन कार्कीलाई दिइएको छ।
यसअघि धनुषामा एसपी नरहरी रेग्मी र रौतहटमा एसपी नेत्रमणि गिरी कार्यरत थिए। उनीहरूलाई फिर्ता बोलाएर नयाँ एसपीहरूलाई स्थानान्तरण गरिएको हो।
सरकारी स्रोतका अनुसार नियमित प्रशासनिक सरुवाको प्रक्रिया अनुसार उक्त हेरफेर गरिएको हो।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्