|
२०८२ आश्विन ३०
सोलुखुम्बु — थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई आज चीनको साङ्घाइ प्रस्थान गर्नुभएको छ। उहाँ Tongji University Shanghai र UNDP China को संयुक्त आयोजनामा सञ्चालन हुने RISE Week Event 2025 कार्यक्रममा सहभागी हुन चीन जान लाग्नुभएको हो।
उक्त अन्तर्राष्ट्रिय कार्यक्रममा जलवायु परिवर्तनका कारण शहरहरूमा बढ्दो विपद् जोखिम न्यूनीकरण सम्बन्धी विषयमा छलफल हुने छ। सो कार्यक्रममा नेपालसहित १५ विभिन्न देशका विशिष्ट प्रतिनिधिहरूको सहभागिता रहनेछ।
नेपालबाट प्रतिनिधित्व गर्दै अध्यक्ष राईले आफ्ना अनुभवहरू प्रस्तुत गर्नुका साथै विपद् व्यवस्थापन र जलवायु अनुकूलनका क्षेत्रमा थुलुङ दुधकोशी गाउँपालिकाले गरेका प्रयासहरू पनि अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने अपेक्षा गरिएको छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Andrew3577
October 17, 2025https://shorturl.fm/RreRu