टी-२० विश्वकप खेल्ने १९ टिम, कुन-कुन हुन् ती टिम ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ३०

काठमाण्डौँ । नेपाल र ओमानलले टी-२० विश्वकपमा स्थान बनाएपछि अर्को वर्ष भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी २० विश्वकप क्रिकेट खेल्ने १९ टिमको टुंगो लागेको छ ।

ओमानमा भइरहेको आईसीसी टी-२० विश्वकप एसिया(इएपी छनोटबाट शीर्ष तीन टोली विश्वकपमा पुग्ने प्रावधान छ । जसमा दुई टोलीले विश्वपकमा स्थान पक्का गरिसकेको छ भने अब एक टोलीको टुंगो लाग्न बाँकी छ ।

सन् २०२६ फेब्रुअरी-मार्चमा हुने १० औं संस्करणको टी-२० विश्वकपमा २० टोलीको सहभागिता हुनेछ । जसमा विभिन्न चरणको छनोटबाट १९ टोलीको नाम टुंगो लागिसकेको छ । अब एसिया-इएपी छनोटबाट एक टोलीको टुंगो लाग्न बाँकी छ ।

कुन-कुन हुन् ती टिम ?

भारत र श्रीलंका आयोजकको रुपमा स्वतस् १० औं संस्करणको टी-२० विश्वकपका लागि छानिएका हुन् । भारत साविक विजेता समेत हो ।

यस्तै २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा भएको टी-२० विश्वकपमा शीर्ष सातमा रहेका (भारत र श्रीलंका बाहेक) अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, अमेरिका र वेष्ट इन्डिजले पनि स्वतस् विश्वकपमा स्थान बनाएका हुन् ।

त्यसपछि आईसीसीको वरीयतामा रहेको शीर्ष टिम मध्येबाट आयरल्याण्ड, न्युजिल्याण्ड र पाकिस्तानले पनि सिधै विश्वकपमा स्थान बनाए । बाँकी ७ टिमले भने विभिन्न महादेशको छनोट चरण पार गरेर विश्वकपमा स्थान बनाएका हुन् ।

त्यसमा अमेरिका क्षेत्रबाट क्यानडा, युरोपबाट नेदरल्याण्ड्स र इटली छनोट भएका हुन् । यस्तै अफ्रिकाबाट जिम्बाव्वे र नामिबिया टी-२० विश्वकपमा छनोट भए । एसिया(इएपी छनोटबाट नेपाल र ओमानले पनि विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।

अब अहिले भइरहेको एसिया-इएपी छनोटको शीर्ष तीनमा पर्ने एक टिमले विश्वकपमा स्थान बनाउनेछ । यस छनोटमा नेपाल र ओमानपछि रहेका युएई विश्वकप पुग्ने होडमा अघि छ ।

अपराजित नेपाल ४ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा छ भने ६ अंकसहित ओमान दोस्रो स्थानमा छ । युएई ४ अंक जोडेर तेस्रोमा छ । जापान ३ खेलबाट २ अंकसहित चौथोमा छ भने कतार ४ खेलबाट २ अंकसहित पाँचौमा छ । लगातार तीन खेल हारेको सामोआ अंकविहिन छ ।

कतार र सामोआ भने विश्वकप पुग्ने होडबाट बाहिरिसकेको छ । अब आज युएई र जापानबीच हुने खेलमा युएई विजयी भएमा युएई एसिया(इएपीबाट विश्वकप पुग्ने तेस्रो टोली बन्नेछ । यदि जापान विजयी भएमा भने जापानको पनि विश्वकप पुग्ने सम्भावना कायम रहन्छ । जापानले विश्वकप पुग्न युएईसँगै ओमानलाई पनि पराजित गर्नुपर्नेछ ।

यूएई जापानसँग पराजित भएपनि ओमानले जापानलाई पराजित गरेमा यूएईको पनि विश्वकप पुग्ने सम्भावना कायमै रहनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *