काठमाण्डौँ । श्रीलंकाको कोलोम्बोमा हुने काभा यू-१९ महिला भलिबल प्रतियोगिताका लागि नेपालको टोली घोषणा भएको छ । नेपाल भलिबल संघ (एनभीए) ले मंगलबार प्रतियोगिताका लागि १२ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।
संघले टोलीको बन्द प्रशिक्षणका लागि प्रारम्भिक चरणमा १८ जना खेलाडी छनोट गरेको थियो । तर, दुई जना खेलाडी उनीहरुकै इच्छाअनुसार बन्द प्रशिक्षणमा सहभागि थिएनन् ।
त्यसपछि संघले प्रशिक्षणमा सहभागि १६ खेलाडीबाट अन्तिम टोली छनोट गरेको हो । प्रतियोगिता आगामी कात्तिक १८ देखि २३ गतेसम्म आयोजना हुँदैछ ।
यसका लागि नेपाली टोलीमा ६ जना नयाँ खेलासहित गत वर्ष यू-२० च्याम्पियनसिपमा खेलेका जेनिसा विश्वकर्मा, मिना सुनार, आसिका क्षेत्री, निशा महर, एन्जिला प्रधान र भावना तामाङ परेका छन् । टोलीको मुख्य प्रशिक्षकमा घरेलु भलिबलमा सफल प्रशिक्षकमध्यका एक कमार राई रहेका छन् ।
नेपालको टोलीमा जेनिसा विश्वकर्मा, मिना सुनार, आसिका क्षेत्री, क्रिस्मा डांगी, निशा महर, सम्झना नेपाली, एन्जिला प्रधान, भावना तामाङ, प्रतिभा चौधरी, स्न्निता खत्री, रेविका लामा तामाङ र विनिता राना रहेका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्