काठमाडौं । फ्रि–तिब्बत’ अभियानमा संलग्न समूह टीओबी (TOB) को टिसर्ट लगाएर प्रदर्शनमा उत्रिएका तेन्जेन दावामाथि प्रहरीले थप अनुसन्धानका लागि ६ दिनको म्याद थप गरेको छ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट अभद्र व्यवहार सम्बन्धी कसूरमा उनीमाथि अनुसन्धान चलिरहेको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, प्रदर्शनको क्रममा दावाले नक्कली पेस्तोल बोकेका थिए, जुन पछि प्रहरीले उनको निवासबाट बरामद गरेको हो।
घटना जेनेजी (GenZ) प्रदर्शनका क्रममा भएको थियो, जहाँ ‘फ्रि–तिब्बत’को समर्थनमा उनी अन्य प्रदर्शनकारीहरूसँग उपस्थित भएका थिए। टीओबी समूहका टिसर्टमा देखिएका उनले नक्कली पेस्तोल बोकेको भिडियो तथा तस्बिर सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो।
हाल दावालाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ भने प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्