|
अशोज २७, २०८२
कञ्चनपुर — भीमदत्त नगरपालिका–३ का ४९ वर्षीय खडक पाललाई प्रहरीले झण्डै २९ लाख रुपैयाँ बराबरका पटाकासहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयको टोलीले विशेष सूचनाको आधारमा पालको घरमा छापा मारेको थियो।
प्रहरीका अनुसार उनको घरबाट ठूलो मात्रामा विस्फोटक पदार्थ फेला परेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको र विस्फोटक पदार्थ ऐनअनुसार कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ। तिहार नजिकिँदै जाँदा प्रहरीले सीमामा निगरानी कडाइ गरेको छ।

दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्