नारायणघाट-मुग्लिन सडक आज राति ९ बजेदेखि बन्द गरिने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १९

काठमाण्डौँ । आइतबार पनि साँझ ६ बजेपछि नारायणघाट-मुग्लिन सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइने भनिएकोमा समय संशोधन गरेर ९ बजे बनाइएको छ।

जिल्ला प्रहरी कार्यालयले दिउँसो सूचना जारी गरेर चितवन आउने र यहाँबाट काठमाडौं तथा पोखरातर्फ जाने सवारी साधनहरूलाई साँझ ६ बजेभित्र आउन तथा गईसक्न आग्रह गरेको थियो । मौसममा सुधार हुँदै गएकाले समय थप गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गोबिन्द पुरीले जानकारी दिएका छन् ।

असोज १८ देखि २० गतेसम्मको मौसम पूर्वानुमानलाई ध्यानमा राखेर रातिको समयमा चितवनमा पर्ने राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाइएको डिएसपी रवीन्द्र खनालले जानकारी दिएका छन् ।

चितवन र आसपासका क्षेत्रमा गएरातिदेखि पानी परेको छैन ।

सडकमा रोकिएका सवारी साधनहरूलाई प्रशासनले आइतबार दिउँसोदेखि नै गन्तव्यतर्फ पठाइरहेको छ।

राति ९ बजेपछि काठमाडौं, पोखरातर्फ जान आउने गाडीहरूलाई तोकिएका होल्डिङ स्पेसमा राखिने उनले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Kingston3794

    October 5, 2025

Leave a Reply

Your email address will not be published. Required fields are marked *