दशैंमा छ लाखभन्दा बढीले काठमाडौं उपत्यका छाडे, ट्राफिक नाकामा भीड

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १६

काठमाडौं, १५ असोज —दशैंको अवसरमा राजधानी काठमाडौं उपत्यका छाड्नेको संख्यामा उल्लेख्य वृद्धि भएको छ। घटस्थापनादेखि आजसम्मको ९ दिनको अवधिमा मात्रै ६ लाख ११ हजार ६५७ जना यात्रु विभिन्न नाकाबाट उपत्यका बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा मात्र ५८ हजार ३९६ जना उपत्यका बाहिरिएका छन्। ट्राफिक प्रहरीका अनुसार अहिले उपत्यका छाड्ने नागरिकहरूको संख्या तीव्र गतिमा बढिरहेको छ।

ट्राफिक प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार, पछिल्लो एक दिनमा १३ हजार ३२६ वटा यात्रुवाहक सवारी साधन उपत्यका बाहिरिएका छन्। घटस्थापनादेखि हालसम्म उपत्यकाबाट बाहिरिएको सवारी साधनको संख्या १ लाख १३ हजार ४१५ पुगेको छ।

यात्रुहरू मुख्य रूपमा देशका पूर्वी, पश्चिमी र सुदूरपश्चिम क्षेत्रतर्फ गइरहेका छन्। यसबीचमा काठमाडौं उपत्यका छिर्ने सवारीको संख्या पनि कम छैन। ट्राफिक कार्यालयका अनुसार ७७ हजार ५४५ सवारी साधनमार्फत अहिलेसम्म ३ लाख १९ हजार १५ जना उपत्यका भित्रिएका छन्।

उपत्यकाका मुख्य नाका — कोटेश्वर, कलंकी, बल्खु, नयाँ बसपार्क र जगती क्षेत्रमा यात्रुको भीड उच्च देखिएको छ। यद्यपि ट्राफिक प्रहरीले सवारी सञ्चालन सामान्य अवस्थामा रहेको बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Steve1678

    October 2, 2025

Leave a Reply

Your email address will not be published. Required fields are marked *