|
२०८२ आश्विन १४
काठमाडौं । यसपालिको दसैंमा देशका विभिन्न भागमा वर्षा भइरहेको छ। मनाङ र बाँकेमा मंगलबार बिहानपख वर्षा भएको छ।
मौसम विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी लगायतका प्रदेशमा आज मध्यमदेखि भारी वर्षाको सम्भावना जनाएको छ। नवमी (असोज १५) र टीका (असोज १६) को दिन पनि पहाडी तथा तराई भू-भागहरूमा वर्षा हुने पूर्वानुमान छ।
मौसमविद् विनोद पोखरेलका अनुसार दसैंपछि असोज १५ देखि २१ सम्म मध्य र पूर्वी नेपालमा लगातार भीषण वर्षाको सम्भावना देखिएको छ।
युरोपियन (ECMWF), आइसिओएन (ICON) र ग्लोबल फोरकास्ट सिस्टम (GFS) नामक तीनवटा मौसम मोडलले पोखरा, काठमाडौं, विराटनगर, झापा लगायत क्षेत्रहरूमा भारी वर्षाको चेतावनी दिएका छन्। यात्रु र किसानहरूलाई विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्